Sunday May 5, 2024
BS 2081 Baishak 23
Nepal:
Australia (AEST):

New to Australia?

Are you a newbie to Australia. Click here to know more about Studying in Australia, About living here, getting your first job and planning for Permanent residency.

Guide to OZ Jobs/Rooms listings

सरकारको सफलताका लागि कुलमानको प्रशंसा

Jan 29, 2017 under Current Affairs 114

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तामाङ समुदायले नयाँ वर्षका रुपमा मनाउने सोनाम ल्होछार पर्वको अवसरमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङको प्रशंसा गरेका छन् ।

सरकारको सफलताका लागि कुलमानले गरेको कामको प्रशंसा गर्दै प्रचण्डले भने, ‘म प्रधानमन्त्री बन्ने बित्तिकै उहाँ (कुलमान) लाई विद्युत प्राधिकरणको प्रमुख बनाएकोमा गर्व अनुभूति गरेको छु, उहाँले सरकारको इच्छा अनुसार देशमा लोडसेडिङको अन्त्य गर्ने अभियानलाई सफल बनाउनु भएको छ ।’

प्रचण्डले आफू प्रधानमन्त्री हुनु अगाडिबाटै कुलमानलाई जिम्मेवारी दिने विषयमा सोचिरहेको समेत खुलासा गरे । ‘म दोस्रो पटक प्रधामन्त्री भएको समयमा देशलाई लोडसेडिङ मुक्त बनाउन सरकार सफल भएको छ, यसका लागि इमान्दारिताका साथ काम गर्ने कुलमानलाई मैले दुई वर्ष अघिदेखि नै हेर्दै आएको थिएँ ।’

प्रधानमन्त्री प्रचण्डले देश बहुजाति, बहुसांस्कृति र विविधताले भरिएको भन्ने कुरा सबैलाई थाहा भएको बताउर्दै संघीय गणतान्त्रिक नेपालमा सबैले अधिकार पाउने विश्वास व्यक्त गरे।

‘पछिल्लो चरणमा पुरानो राज्यद्वारा उत्पीडनमा पारिएका जाति, समुदाय, वर्ग, लिंग सबैको पहिचान स्थपित गरेर संघीय गणतान्त्रिक नेपालमा आइपुगेका छौँ,’ प्रचण्डले भने, ‘तर, पनि अपेक्षा गरे अनुसारको अधिकार सबैले पाएका छैनन्, संविधान संशोधनका क्रममा तामाङ जातिको अधिकार राज्यका सबै तहमा स्थापित गर्ने विश्वास दिलाउन चाहन्छु ।’

प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति झल्कने तामाङ भवनका लागि सरकारले मन्त्रिपरिषदबाटै निर्णय गरेर आवश्यक रकम निकासा गर्ने आश्वासन समेत दिएका छन् । ‘तपाईंहरुले अपेक्षा गरेभन्दा राम्रो सहयोग सरकारले गर्ने कुरा घोषणा गर्दछु,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘त्यो भवन तामाङ संस्कृति झल्कने गरी निर्माण हुनेछ ।’

No news.
Australian Dollar to Nepalese Rs